ad ad

राजनीति


नक्कली शरणार्थी प्रकरणमा शंकर पोखरेलले सुनाए काँक्रा चोरको कथा

नक्कली शरणार्थी प्रकरणमा शंकर पोखरेलले सुनाए काँक्रा चोरको कथा

फाइल तस्बिर : शंकर पोखरेल


नेपालखबर
जेठ १०, २०८० बुधबार १०:३३, काठमाडौँ

नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानलाई ‘लज्जास्पद नाटक’को संज्ञा दिएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा लाखौँ ठगी गरेको प्रकरणमा ३३ जनाविरुद्ध अदालतमा अभियोजना दर्ता गर्ने तयारी भइरहेका बेला एमाले महासचिव पोखरेलले प्रहरीको अनुसन्धानप्रति नै प्रश्न उठाएका हुन्। 

एमाले नेताहरूको आपत्ति- अडिओमा उल्लेख नाम नलिने, बादललाई चाहिँ जबर्जस्ती जोड्ने!

उक्त प्रकरणका ३३ प्रतिवादीविरुद्ध सरकारी वकिलको कार्यालय (काठमाडौं) ले आज (बुधबार) जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गर्दै छ। यीमध्ये एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना अहिले प्रहरीको हिरासतमा छन् भने १७ जना फरार रहेको प्रहरीले जनाएको छ। 

यसैबीच मंगलबार मात्र बयानमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको बताएका छन्। 

यसैलाई संकेत गर्दै एमाले महासचिव पोखरेलले उक्त प्रकरणको अनुसन्धानप्रति असहमति जनाएका हुन्। 

उनले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘काँक्रा चोरले काँक्रा आफूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ– नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान।’

उनले यसको एक दिन वास्तविकता खुल्ने दाबी पनि गरेका छन्। 

उनले अगाडि भनेका छन्, ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .