ad ad

सुदूरपश्चिम


भारतबाट भित्र्याइएको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते

अस्थायी बिट ढालियो
भारतबाट भित्र्याइएको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते

गोकुल जोशी
जेठ २, २०८० मंगलबार २१:५१, कञ्चनपुर

भारतबाट सामान ल्याएर आउनेहरुलाई प्रहरीले जाँच गर्दा कञ्चनपुरमा तनाव सृजना भएको छ।

भन्सार छलि गरी ल्याइरहेको सामान जाँच गर्दा पश्चिमी सीमा नाका गड्डाचौकी नजिक सुकासाल क्षेत्रमा विवादले उग्ररुप लिएपछि भएपछि प्रहरीमाथि आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतबाट सामान ल्याउनेहरुले जाँचका क्रममा विवाद भएपछि सुकासालस्थित अस्थायी प्रहरी बिट ढालेका छन्।

सुकासालस्थित अस्थायी प्रहरी बिटबाट जाँचमा खटिएका प्रहरीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए। 

उनका अनुसार सो क्रममा ४ जना प्रहरी घाइते भएका छन्। घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सीमावर्ती भारतीय बजार बनबासाबाट सामान बोकेर जीविकोपार्जन गर्नेहरुले भन्सार, सशस्त्र प्रहरीले जाँच गरेपछि सुकासाल क्षेत्रमा फेरि प्रहरीले जाँच गरेर अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन्। 

यही विषयमा बनबासाबाट सामान क्यारिङ्ग गर्नेहरुको सुकासालमा प्रहरीसँग विवाद भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .