ad ad

सुदूरपश्चिम


ड्युटीमा रहेका सशस्त्रका सईलाई खुकुरी प्रहार, आक्रमणकारीको खोजी जारी

ड्युटीमा रहेका सशस्त्रका सईलाई खुकुरी प्रहार, आक्रमणकारीको खोजी जारी

नेपालखबर
बैशाख २३, २०८० शनिबार ६:४७, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई शुक्रबार राति खुकुरीले हानिएको छ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरविरुद्ध खुकुरी प्रहार भएको हो।

ड्युटीका क्रममा पोस्टनजिकै राति साढे १० बजे ४/५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको हो। 

‘राति केटाहरु घुमिरहेका थिए, ड्युटीका क्रममा उनीहरुलाई यो राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर भागे’, सुरक्षास्रोतले भन्यो, ‘रातभर उनीहरुको खोजी गर्‍यौँ, तर फेला परेका छैनन्।’

खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .