ad ad

समाज


तीन दिनलाई मौसम सुध्रियो

तीन दिनलाई मौसम सुध्रियो

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८० शनिबार ७:२, काठमाडौँ

आज (शनिबार) देखि पर्सि (सोमबार) सम्म कतै कतै छिटपुटबाहेक वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार अबका तीन दिनका लागि मौसम सुध्रिएको हो। मौसम महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। 

‘अहिले (शनिबार बिहान) पनि देशभर मौसम सामान्यतया सफा छ’, उनले भने, ‘अपराह्नपछि भने कतै कतै बदलीको सम्भावना छ।’

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार एक–दुई ठाउँमा वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो।

आजलाई काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना नदेखिएको मौसमविद् श्रेष्ठले बताए। ‘आज काठमाडौँ उपत्यकामा आंशिक बदली (आकाशमा बादल) देखि मौसम सामान्यतया सफा रहने देखिन्छ’, उनले भने।     

यस्तै आज राति सुदूरपश्चिम,कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

‘पर्सिसम्म नै खासै वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् श्रेष्ठले भने, ‘पूर्वमा कोशी र पश्चिममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मात्र क्षणिक वर्षाको सम्भावना देखिएको छ।’ 

तर मौसम सफा हुँदा घाम लाग्ने र तापक्रम बढ्ने भएकाले गर्मी भने फेरि बढ्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .