सुदूरपश्चिम


भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँका भौतिक संरचना क्षति

भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँका भौतिक संरचना क्षति

नेपालखबर
माघ १०, २०७९ मंगलबार १५:३९, कञ्चनपुर

बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टर स्केलको भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ।

मंगलबार दिउँसो २ः४३ बजेको समयमा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेकोले एकिन विवरण आउन सकेको छैन।

भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन्। बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। जिल्ला अस्पताल बझाङको भवन पनि चर्किएको छ। 

चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ। बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको छ। 

बाजुरा बडिमालिका नगरपालिकामा एक दर्जन घरमा क्षति पुगेको प्रारम्भिक आएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad