ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम कांग्रेस संसदीय दलका नेता शाह भन्छन् : सरकार बनाउन सबैसँग खुला छौँ

सुदूरपश्चिम कांग्रेस संसदीय दलका नेता शाह भन्छन् : सरकार बनाउन सबैसँग खुला छौँ

नेपालखबर
पुस २०, २०७९ बुधबार १६:४९, कञ्चनपुर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकार गठनका लागि जुनसुकै दलसँग पनि सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन्।

बुधबार संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीलाई प्रतिकृया दिँदै नेता शाहले सबै दलहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका हुन्।

‘सबै दलसँग सहकार्य गर्न खुला छौँ,’ उनले भने, ‘सहमति, सहकार्य गरेर अगाडि बढ्ने हो।’ 

संघमा नेकपा एमालेको नेतृत्वको गठबन्धनको सरकार रहेपनि प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्रले आफूहरुसँग संवाद गरेको समेत उनले खुलाए।

‘केन्द्रमा माओवादी, एमाले लगायत गठबन्धनको सरकार छ, तर यहाँका माओवादीका साथीहरुले पनि हामीसँग केही रुपमा संवाद गरेको देखिन्छ,’ उनले भने, ‘त्यसैले सबैलाई जोडेर लैजाने सन्दर्भमा म अगाडि बढ्ने छु, त्यही कार्यमा लाग्नेछु।’

प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले सरकार निर्माणका लागि सबै पक्षसँग वार्ता, सहमति र सहकार्य अनुसार अगाडि बढ्ने उनले बताए। 

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा कांग्रेसको संसदीय दलको नेता चयन भएपछि शाहले यस क्षेत्रको समग्र विकासको लागि आफ्नो काँधमा थप जिम्मेवारी आएको भन्दै इमान्दारितापूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए।

सुदूरपश्चिम प्रदेश सभामा १९ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .