प्रतिनिधि र प्रदेश सभा चुनाव अन्तर्गत यही मंसिर ४ गते सम्पन्न मतदानको मतगणना जारी छ।
प्रतिनिधि सभाको एक र प्रदेश सभाका दुई क्षेत्र गरेर तीन क्षेत्रमा जारी मतगणनामा कांग्रेसले दुई र अर्कोमा एमालेले अग्रता लिएको छ।
प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका ब्रद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाण्डेले २ हजार ६४६ मतको अग्रता बनाएका छन्।
२३ हजार ४०७ मत गणना हुँदा कांग्रेसका पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार टेकबहादुर बढुवालले ६३, राप्रपाका जंगकुमार गिरीले ६२ र जनसमाजवादी पार्टी नेपालका रामबहादुर शाहीले २६ मत ल्याएका छन्।
प्रदेश सभा १ मा एमालेका बलदेव रेग्मीको अग्रता छ। उनी ७ हजार ४५ मत सहित शीर्षस्थानमा छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही १५२ मतले पछाडि छन्। उनले अहिलेसम्म ६ हजार ८९३ मत बटुलेका छन्।
माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माले ८६९ मत ल्याएका छन्। प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही १ हजार ४७५ मतले अगाडि छन्।
उनले ८ हजार ९२२ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुुर थापाले ७ हजार ४४७ मत ल्याएका छन्। यस्तै, राप्रपाका हिमालबहादुर शाही ६७ र स्वतन्त्र जनकबहादुर रावलले ११ मत पाएका छन्।
Shares
प्रतिक्रिया