ad ad

सुदूरपश्चिम


बाजुरामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, ३ जना घाइते

बाजुरामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, ३ जना घाइते

गोकुल जोशी
मंसिर ४, २०७९ आइतबार १७:५२, धनगढी

बाजुरामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जीव ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका मेयर कर्णबहादुर थापाले पुष्टि गरे।

‘मैलें त्यहाँको वडाध्यक्षलाई बुझेको थिए, उहाँ घटनास्थलमै हुनुहुन्थ्यो, अझै तनाव हुने स्थिति रहेको सुनाउनु भएको थियो,’ मेयर थापाले भने।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। 

मतपेटिका तानातान गरिरहेका कांग्रेस र एमालेका कार्यकर्ता झडपमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको थियो। 

घटनामा अन्य तीन जना घाइते भएका छन्। खडक ऐरी, परशुराम पाध्याय र प्रेम थापा घाइते भएका छन्।

बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो। त्यस ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो।

त्यसैगरी बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगङ्गा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ।

  बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनाबारे जानकारी लिने कार्य भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .