ad ad

सुदूरपश्चिम


कञ्चनपुर-२ : सत्ता गठबन्धनद्वारा ३० वडामा एकसाथ सम्पर्क कार्यालय

कञ्चनपुर-२ : सत्ता गठबन्धनद्वारा ३० वडामा एकसाथ सम्पर्क कार्यालय

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ११:२०, काठमाडौँ

सत्ता गठबन्धनले कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने वडाहरुमा एकसाथ सम्पर्क कार्यालयहरु स्थापना गरेको छ।

सत्ता गठबन्धनले क्षेत्र नम्बर २ मा ३० वडाहरुमा सोमबार एकसाथ सम्पर्क कार्यालयहरु स्थापना गरेको हो। 

क्षेत्र नम्बर २ मा कृष्णपुर, शुक्लाफाँटा नगरपालिकाका सबै र वेदकोट नगरपालिकाका ८ बाहेकका वडाहरु पर्दछन्। कृष्णपुरमा ९, शुक्लाफाँटामा १२ र वेदकोटमा १० वडाहरु रहेका छन्।

सम्पर्क कार्यालय स्थापनाका क्रममा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार एकपी साउदले कृष्णपुरको वडा नम्बर ६ को सम्पर्क कार्यालय बलुवाफाँटामा उद्घाटन गरेका छन्। 

यस्तै कांग्रेसका तर्फबाट प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार गीता चौधरीले शुक्लाफाँटाको वडा नम्बर ३ को सम्पर्क कार्यालय जोनापुरमा उद्घाटन गरेकी छन्।

सत्ता गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ नेता साउद र प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कञ्चनपुर–२ मा कांग्रेसको पक्षमा २२ हजार ३७९, एमालेको पक्षमा १८ हजार ८२८, माओवादीको पक्षमा १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको पक्षमा ४ हजार १६१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ हजार ९५३ मत खसेको थियो। 

स्थानीय तहको निर्वाचन परिणाम अनुसार सत्ता गठबन्धनको कुल मत ३९ हजार ११२ र राप्रपासँग तालमेल गरेको एमालेको २२ हजार ७८१ मत छ। जसअनुसार सत्ता गठबन्धन र एमालेबीचको मतान्तर झण्डै साढे १६ हजार देखिन्छ। 

यद्यपि, स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पाउँछन् भन्ने निश्चित भने हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .