ad ad

सुदूरपश्चिम


कैलाली ५ मा ओझाको स्वतन्त्र उम्मेदवारी दर्ता, प्रदेश सभामा देउवाविरुद्ध भण्डारी

कैलाली ५ मा ओझाको स्वतन्त्र उम्मेदवारी दर्ता, प्रदेश सभामा देउवाविरुद्ध भण्डारी

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:३५, कञ्चनपुर

नेपाली कांग्रेसबाट कारबाहीमा परेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले छोडेको कैलाली ५ मा ओझाले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।

उनले शुक्रबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै कैलाली ५ मा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

यस्तै प्रदेश सभा २ मा पनि स्वतन्त्र उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका उम्मेदवार प्रकाश देउवाविरुद्ध विद्यार्थी नेता क्षितिज भण्डारीले उम्मेदवारी दिएका हुन्।

०७४ सालमा कैलाली ५ बाट आकांक्षी रहेका ओझाको टिकट खोसेर आरजुलाई चुनावमा उतारिएको थियो।

०७० सालको संविधान सभाको उपनिर्वाचन जितेका ओझा ०७४ मा टिकट नपाएपछि असन्तुष्ट बनेका थिए। ओझाकै कारण आरजुको पराजय भएको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .