दार्चुलाको नौगाड गाउँपालिकामा गएराती चट्याङ परेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
‘घरमै चट्याङ परेको रहेछ, घरका अरु मानिस सदरमुकाम रहेछन्,’ वडाध्यक्ष नारायण सिंह ठगुन्नाले भने।
यस्तै, सोही वडामा तीन घर पहिरोमा पुरिएका छन्। त्यसमा मानवीय क्षति भने नभएको वडाध्यक्ष ठगुन्नाले जानकारी दिए।
42
Shares

प्रतिक्रिया