सुदूरपश्चिम


बैतडीमा एमालेबाट प्रतिनिधि सभामा भण्डारी पक्का, प्रदेशमा को?

बैतडीमा एमालेबाट प्रतिनिधि सभामा भण्डारी पक्का, प्रदेशमा को?

गोकुल जोशी
भदौ १७, २०७९ शुक्रबार ११:४८, कञ्चनपुर

नेकपा एमालेले बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनः प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमाले बैतडीले दामोदर भण्डारीको  नाम सर्वसम्मत सिफारिस गरेको स्रोतले जनाएको छ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट एक जनाको नाम मात्रै सिफारिस भएकाले भण्डारी उम्मेदवार हुने पक्का छ।

एमालेका प्रदेश कमिटी अध्यक्षसमेत रहेका भण्डारी हाल सांसद छन्। ०७४ सालको चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई हराउँदै संसदको यात्रा तय गरेका थिए।

त्यसबेला भण्डारीले ३९ हजार ५२४ मत ल्याएका थिए भने कांग्रेसका चन्दले २८ हजार २९१ मत पाएका थिए।

यस्तै प्रदेश सभामा पनि सर्वसम्मत रूपमा एकल नाम सिफारिस भएको छ।

बैतडीको प्रदेश सभा १ (१) मा त्यहाँका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम एकल सिफारिसमा परेको छ।

यस्तै प्रदेश सभा १ (२) मा सह–इन्चार्ज एवं केन्द्रीय सदस्य लीलाधर भट्टको एकल नाम सिफारिस भएको छ। उनी ०७४ सालको चुनावमा पनि प्रदेश सभामा विजयी भएका थिए।

त्यस बेला वाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टले २० हजार ३१८ मतसहित प्रदेश सभा सदस्य चुनावमा जितेका थिए। एमालेले यसपटक पनि उनलाई नै दोह¥याउन भट्टको एकल नाम सिफारिस गरेका हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad