ad ad

सुदूरपश्चिम


कैलालीमा डेंगु संक्रमित महिलाको मृत्यु

कैलालीमा डेंगु संक्रमित महिलाको मृत्यु

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १५:२९, कञ्चनपुर

कैलालीमा डेंगु रोग संक्रमित एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका डेंगु रोग फोकल पर्सन मिनबहादुर धामीले बताए।

उनका अनुसार डेंगु स‌क्रमित महिलाको निसर्ग अस्पतालमा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो। यद्यपी स्वास्थ्य कार्यालयलाई यसको जानकारी भने बुधबार मात्रै आएको थियो।

‘अस्पतालले डेंगु भएको पुष्टि गरेको छ, साथै संक्रमितको शरीरमा रगतको कमी तथा मुटु सम्बन्धी समस्या पनि देखिन्छ,’ धामीले भने।

ती महिला ज्वरो आएपछि भदौ ८ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि गएकी थिइन्। त्यहाँ डेंगु परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। त्यसपछि ती संक्रमित धनगढीकै नोभा अस्पिटलमा उपचारका लागि गइन्। 

त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार नआएपछि आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्ने देखेपछि चिकित्सकहरुले उनाई निसर्ग हस्पिटल रेफर गरेका थिए।

१० गते निसर्ग अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा १४ गते मृत्यु भएको थियो।

पछिल्लो समय कैलालीमा डेंगु रोगको प्रकोप बढेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। साउनयता मात्रै कैलालीमा डेंगुका ७१ बिरामी भेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .