सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्य तारा लामा तामाङलाई कारबाही गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव तथा प्रदेशसभा सदस्य समेत रहेका लामालाई एकीकृत समाजवादीले मंगलबार कारबाही गरेको हो।
उनले सोमबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा विशेष समय लिएर आगामी दिनमा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यका हैसियतमा प्रस्तुत हुने संसदलाई जानकारी गराएका थिए।
संसद बैठकमा पार्टीको वैधानिक व्यवस्था उल्लंघन गरेर भन्दै एकीकृत समाजवादीले विधानको धारा–१, २, ४, ६ र ६४–ख–७ को प्रक्रियाबमोजिम प्रदेश कमिटी उपसचिव पदमा नरहने गरी कारबाही गरिएको जनाएको छ।
एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कमिटीको हकमा केन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाउन सिफारिस गरिएको उल्लेख छ।
लामालाई प्रदेशसभा सदस्यको पदबाट आवश्यक कारबाही गर्न पार्टीको प्रदेशसभा संसदीय दललाई सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन पनि दिएको छ।

Shares

प्रतिक्रिया