सुदूरपश्चिम


वृद्ध सासुलाई कुटिरहेको भिडिओ भाइरल भएपछि बुहारीलाई प्रहरीले नियन्त्रणमा लियो (भिडिओ)

वृद्ध सासुलाई कुटिरहेको भिडिओ भाइरल भएपछि बुहारीलाई प्रहरीले नियन्त्रणमा लियो (भिडिओ)

नेपालखबर
भदौ ८, २०७९ बुधबार १९:२८, कञ्चनपुर

सामाजिक सञ्जालमा भाइरल भएको वृद्ध महिलामाथि कुटपिट भइरहेको भिडिओमा प्रहरीले चासो देखाएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–६ को भिडिओ भनेर सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा एक वृद्धालाई दुई महिलाले कुटपिट गरिरहेका छन्।

यो भिडिओ पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। उनका अनुसार कुटपिट गर्ने वृद्धाकै बुहारी हुन्।

सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय अछामले चासो दिँदै घटनास्थल पुगेको छ। अछामका डीएसपी नारायण डाँगीका अनुसार कुटपिट गर्ने वृद्धाका बुहारीलाई नियन्त्रणमा लिइएको छ।

‘हामी अहिले उहाँलाई जिल्ला ल्याउँदै छौँ। सदरमुकामबाट घटनास्थल पुग्न हिँडेर २/३ घण्टा लाग्छ,’ उनले भने, ‘भिडिओबारे जानकारी आएपछि घटनाबारे थप बुझ्न नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउँदै छौँ।’

जिल्ला प्रहरी कार्यालय अछाममा ल्याएर कुटपिटमा संलग्न महिलामाथि अनुसन्धान हुने उनले बताए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad