ad ad

सुदूरपश्चिम


दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा : मन्त्री बडू

दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा : मन्त्री बडू

गोकुल जोशी
साउन १८, २०७९ बुधबार २१:५४, कञ्चनपुर

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। 

बुधबार कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुख्खा बन्दरगाह निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको बताएका हुन्।

‘सरकारले सुख्खा बन्दरगाह निर्माणलाई प्राथकितामा राखेको छ,’ उनले भने, ‘भारतीय पक्षले पनि दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढाउनका लागि पत्राचार गरेको छ, अब निर्माण कार्य चाँडै सुरु हुन्छ।’

दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिमको विकास र अर्थतन्त्रमा सुधार पुग्ने उनले बताए।

‘औद्योगिक क्षेत्रको विकासले ओरालो लागेको अर्थतन्त्रमा सुधार हुन्छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ।’ 

मझगाउँ विमानस्थल निर्माणका देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गर्ने मन्त्री बडूले बताए।

‘विमानस्थल निर्माणमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग आवश्यक पहल गर्छु,’ उनले भने। 

दैजी–छेला औद्योगिक क्षेत्रमा भौतिक संरचना निर्माणको कार्य अगाडि बढाइने उनले बताए।

‘औद्योगिक क्षेत्रमा परेका रुख कटानका लागि छपानको कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘रुख काटि सकेपछि सरकारले भौतिक संरचना निर्माणको प्रक्रिया अघि बढाउँछ।’ 

कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र निर्माण गरिने मन्त्री बडूले बताए।

‘सुदूरपश्चिममा पर्याप्त जडीबुटी उत्पादन हुन्छ, प्रशोधन केन्द्र नहुँदा यहाँ उत्पादन हुने जडीबुटीले बजार पाएको छैन्,’ उनले भने, ‘अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र निर्माण गरेर सुदूरपश्चिमको जडीबुटीलाई विश्व बजारसम्म पुर्याउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .