ad ad

सुदूरपश्चिम


मोटरसाइकलले गाईलाई ठक्कर दिँदा चालकको मृत्यु

मोटरसाइकलले गाईलाई ठक्कर दिँदा चालकको मृत्यु

रासस
साउन १३, २०७९ शुक्रबार १०:४१, कैलाली

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालयकाअनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो। 

ठक्कर दिएपछि चालक धनगढी–३  विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन्।

उनको अनुहारमा चोट लागेको छ। पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो। 

उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .