प्रदेश


गुडिरहेको बसमा लाग्यो आगो, यात्रु सुरक्षित

गुडिरहेको बसमा लाग्यो आगो, यात्रु सुरक्षित

नेपालखबर
चैत १५, २०८२ आइतबार २०:२७, विराटनगर

मोरङको सुन्दरहरैचामा गुडिरहेको बसमा आगो लागेको छ। सुन्दरहरैचा नगरपालिका–१२ स्थित नगरपालिका कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्गमा आइतबार अपराह्न एउटा गुडिरहेको बसमा अचानक आगलागी भएको हो। 
काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र१–०२–००२ख ०५५१ नम्बरको यात्रुवाहक बसमा साँझ करिब ५ बजेको समयमा गुडिरहेकै अवस्थामा आगो सल्किएको प्रहरीले जनाएको छ।
​आगलागीबाट बसको अगाडिको भागमा क्षति पुगेको छ। घटनाको समयमा बसमा २६ जना यात्रीहरू सवार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, समयमै सावधानी अपनाइएका कारण सबै यात्रीहरू सुरक्षित रहेका छन्। आगलागीबाट कसैलाई पनि चोटपटक नलागेको प्रहरीले जनाएको छ।
​बस चालक धनकुटा नगरपालिका–४ का ४५ वर्षीय राजु नेपाली पनि पूर्ण रूपमा सुरक्षित रहेका छन्। गुडिरहेको सवारीमा अचानक आगो देखिएपछि तत्कालै नियन्त्रणको प्रयास गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad