ad ad

खेल


अर्जेन्टिनाको जितका लागि कतै होम कतै पूजा

अर्जेन्टिनाको जितका लागि कतै होम कतै पूजा

नेपालखबर
पुस ३, २०७९ आइतबार १४:३४, काठमाडौँ

कतारमा जारी विश्वकप फुटबलको फाइनल भिडन्त  नेपाली समयअनुसार आइतवार राति पौने नौ बजे सुरु हुँदैछ।

यो उपाधि भिडन्त ३६ वर्षपछि उपाधि जित्न तम्तयार अर्जेन्टिना र उपाधि रक्षा गर्ने दाउमा रहेको फ्रान्सबीच हुँदैछ।

यस्तोमा नेपालमा फ्रान्सका भन्दा धेरै फ्यानहरु अर्जेन्टिनाको पक्षमा देखिएका छन्। यीमध्ये केही फ्यानहरुले अनौठा कृयाकलाप गर्न थालेका छन्। 

अर्जेन्टिनालाई उपाधि जिताउने शक्तिका लागि केही फ्यानले होमदेखि पूजापाठ पनि गरिरहेका छन्। उनीहरुका यस्ता गतिविधि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।  

अर्जेन्टिनाको समर्थनमा झापाको दमककी एक युवतीले बिहानैदेखि पूजापाठ गरिरहेकी छन्।

उनले पूजापाठसँगै अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन प्रार्थनामा बसेकी छन्। 

उता अर्जेन्टिनाको जितको कामनासहित कप्तान लिओनल मेस्सीको नाममा मकवानपुरको हेटौँडाका एक युवकले ग्रह शान्ति पूजा नै गरेका छन्। 

हेटौँडा उपमहानगरपालिका-११ नवलपुर निवासी सागर घिमिरेले शनिबार घरको छतमा अर्जेन्टिनाको जितका लागि पूजा र प्रार्थना गरेका हुन्। 

पूजाका क्रममा घिमिरेले ग्रहका कारण हुन सक्ने बाधा फुकाउने उद्धेश्यले पूजा गरेका हुन्। उनले मेस्सीको विश्वकप जित्ने चहाना पूरा गराउनका लागि ग्रहहरूको बाधा-अड्चन फुकाउन ग्रह शान्ति पूजा गरेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .