ad ad

खेल


डिडिए डेसँसँग जोडिएको फ्रान्सको सफलता

डिडिए डेसँसँग जोडिएको फ्रान्सको सफलता

नेपालखबर
पुस १, २०७९ शुक्रबार १६:४६, काठमाडौँ

साविक विजेता फ्रान्स उपाधि रक्षाका लागि आइतबार राति अर्जेन्टिनासँग खेल्दैछ। लगातार दोस्रो पटक फ्रान्सलाई विश्वकपको फाइनल खेलाउन लागेका मुख्य प्रशिक्षक डिडिए डेस‍ँ फ्रान्सका लागि तेस्रो विश्वकपको उपाधि दिलाउन चाहन्छन्। 

फ्रान्सले सन् १९९८ मा पहिलो पटक डिडिए कै कप्तानीमा विश्वकपको उपाधि उचालेको थियो। २००० को युरोकपको उपाधि जितेको थियो। विश्वकपको मास्टरको रुपमा चिनिने डिडिएले फ्रान्सलाई तेस्रो विश्वकप खेलाउँदैछन्। 

२०१२ मा फ्रान्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका डिडिएले फ्रान्सलाई २०१४ को विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएका थिए। २०१६ को युरोकपमा फ्रान्स उपविजेता बनेको थियो। २०१८ मा विश्व विजेता बनेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्दैछ। 

डिडिएले सन् २००१ देखि २००५ सम्म मोनाकोको टोली सम्हालेका थिए। २००६ देखि २००७ सम्म युभेन्टस्को टोली हेरेका डिडिएले २००९ देखि १०१२ सम्म मार्सेलीमा प्रशिक्षक थिए। 

१९८८ देखि १९८९ फ्रान्सको यू–२१ सम्म खेलेका उनले १९८९ देखि २००० सम्म फ्रान्सको सिनियर टोलीबाट खेले। राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका उनले ४ गोल गरेका थिए। 

क्लब जिवनमा उनले जति क्लबबाट खेले ती क्लबमा उनले प्रशिक्षणको जिम्मेवारी समेत सम्हाल्ने मौका पाए। उनले सिनियर टोलीमा हुँदा मार्सेली, युभेन्टस, चेल्सी र भ्यालेन्सियामा खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .