ad ad

खेल


पूरा भएन ब्राजिलका खेलाडीको क्वार्टरफाइनल जितेर ‘नाच्ने’ धोको

पूरा भएन ब्राजिलका खेलाडीको क्वार्टरफाइनल जितेर ‘नाच्ने’ धोको

यसअघिकाे जितपछि सामुहिक नाच गरेर सेलिब्रेसन गर्दै ब्राजिलका खेलाडीहरू।


नेपालखबर
मंसिर २४, २०७९ शनिबार ७:१३, काठमाडौँ

कतार विश्वकप अन्तर्गतका हरेक खेलमा गोल गरेपछी नाच्दै आएका ब्राजिलियन खेलाडी क्वार्टरफाइनलमा पनि नाच्ने धोको थियो।

तर, शुक्रबार एजुकेशन स्टेडियममा फरक दृश्य देखियो। 

टाइब्रेकरमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलियन खेलाडीका आँखा आँशुले भरिएका थिए।

यसअघि नकआउट चरणको खेलमा दक्षिण कोरियाविरुद्ध गोल गरेपछि खेलाडीहरूले नाचेको विषयमा आलोचना भयो। आफ्ना खेलाडीले नाचेको विषयमा आलोचना भएपछि ब्राजिलियन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक टिटेले ब्राजिलको इतिहास र संस्कृति नजान्नेसँग माफि नमाग्ने बताएका थिए।

विश्वकपका हरेक खेलमा गोल गरेपछि ब्राजिलका खेलाडीहरूले सामुहिक नाच गरेर सेलिब्रेसन गरिरहेका थिए। दक्षिण कोरियालाई ४–१ ले पराजित गर्दा खेलाडीहरूसँगै प्रशिक्षक टिटे पनि सो सेलिब्रेसनमा सामेल भएका थिए। 

विश्वकपमा क्रोएसियासँग पराजित भएपछि मैदानमै भावुक भएर आँसु खसाइरहेका ब्राजिलियन स्टार नेयमार।  तस्बिर : एजेन्सी

प्रशिक्षक टिटेले भने, ‘यो मेरो युवा पुस्तासँगको सम्बन्ध हो, तिनीहरु मेरा नातिनातिना हुन्। यदी मलाई उनीहरुसँग जोडिन नाच्नुपर्छ भने म नाच्नेछु।’

सन् २०१८ को उपविजेता क्रोएसियासँगको खेलअघि प्रशिक्षक टिटेले यस्तो बताएका हुन्। उनले थपे, ‘नाच्ने र रमाइलो गर्ने हाम्रो संस्कृति हो म माफी माग्दिन।’

ब्राजिलका फरवार्ड भिनिसियस जुनियर र नेयमार दुबैले दक्षिण कोरिया विरुद्ध सुरुवाती दुई गोल गरेपछि रिचार्लिसन बेन्चमा दौडेर प्रशिक्षकलाई पनि सहभागी हुन सामेल गराउँदै उनले नृत्यको नेतृत्व गरेका थिए। 

उनले यो नृत्य देखेर रिपब्लिक अफ आयरल्यान्डका पूर्व कप्तान रोय केन प्रभावित हुन सकेनन् र दक्षिण कोरियाप्रति यो नाच अपमानजनक भएको बताएका थिए।

टिटेले ती आरोपहरूलाई अस्वीकार गर्दै ब्राजिलियन फुटबलको पहिचान जोगाउने जिम्मेवारी आफूमा रहेको बताए।

‘ब्राजिलको इतिहास र संस्कृति नजान्नेहरूमाथि म टिप्पणी गर्दिनँ। म चाहन्छु कि मेरो सम्बन्ध मसँग सम्बन्धित व्यक्तिहरूसँग होुस् जसलाई थाहा छ म हाम्रो इतिहासलाई कत्तिको सम्मान गर्छु, तिनीहरू नै हन् जसलाई म मेरो हृदय दिन्छु,’ उनले भने, ‘त्यहाँ धेरै बच्चाहरू हुन सक्छन् जो नाच्छन् किनभने यो ब्राजिलको संस्कृति हो जब एक गोल गरिन्छ। यो अरू कसैको अनादर गर्दैन। हामी हाम्रो तरिकालाई निरन्तरता राख्नेछौ।’

तर पहिलो क्वार्टरफाइनलमा खेलमा क्रोएसियासाग पराजित भएपछि टोलीका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। उनले टोलीका मुख्य फरवर्ड नेयमारले सन्यास लिने संकेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .