ad ad

खेल


ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक टिटेले दिए राजीनामा

ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक टिटेले दिए राजीनामा

नेपालखबर
मंसिर २४, २०७९ शनिबार ४:१८, काठमाडौँ

कतार विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। 

शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट बिदा लिएका हुन्। 

टोलीबाट राजीनामा दिँदै टिटेले भने, यो एउटा चक्र हो यो चक्र समाप्त भयो, मैले डेढ वर्ष पहिला नै भनेको थिए र म मेरो वचनमा पक्का छु। मलाई प्रतिस्थापन गर्न सक्ने अन्य व्यवसायिक प्रशिक्षक छन्। मेरो चक्र सकियो। 

६१ वर्षीय टिटेले २०१९ को कोपा अमेरिका जिताएका थिए। सन् २०१८ र २०२२ को विश्वकपमा उनको प्रशिक्षणमा ब्राजिलले अन्तिम ८ सम्मको यात्रा तय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .