इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेदरल्याण्डस्सले अर्जेन्टिनासँग बराबरी गरेको छ। लुसैल स्टेडियममा जारी खेलमा ओउट वेग्होस्र्टको गोलमा डच टोलीले अर्जेन्टिनासँग २–२ को बराबरी गरेको गरेको हो।
निर्धारित ९० मिनेटमा खेल बराबरी भएसँगै अतिरिक्त समयमा धकेलिएको छ। नेदरल्याण्ड्सका लागि दुवै गोल ओउट वेग्होस्र्टले गरे। यसअघि खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
७३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो। ८३ औँ मिनेटमा ओउट वेग्होस्र्टको गोलमै नेदल्याण्ड्सले खेलमा फर्किने संकेत गरेको थियो।
72
Shares
प्रतिक्रिया