खेल


विश्वकप यात्रा टुंगिएपछि स्पेनका प्रशिक्षक लुइस इन्‍रिकेले राजीनामा दिए

विश्वकप यात्रा टुंगिएपछि स्पेनका प्रशिक्षक लुइस इन्‍रिकेले राजीनामा दिए

नेपालखबर
मंसिर २२ , काठमाडौँ

कतारमा जारी विश्वकप फुटबलमा निराशाजनक प्रदर्शनपछि स्पेनी प्रशिक्षक लुइस इन्‍रिकेले राजीनामा दिएका छन्। 

फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा अनपेक्षितरुपमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उनले बिहीबार राजीनामा दिएका हुन्।  

मोरक्कोसँग पराजित भएपछि त्यसको दोष आफूले लिने उनले बताएका थिए। 

५२ वर्षीय उनले स्पेनी प्रशिक्षकबाट राजीनामा दिएसँगै अब चाँडै क्लब फुटबलमा फर्किने तयारी गरेका छन्।

उनी स्पेनिस क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक स्पेनिस फुटबल टिमका प्रशिक्षक भएका थिए।

त्यसपछि युरोकपका लागि भन्दै स्पेनले सन् २०२० मा पनि उनलाई प्रशिक्षक बनाएको थियो। 

मंसिर २२, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.