विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेल सुरु हुँदै छन्। पहिलो खेलमा शनिबार राति ८ः४५ बजे समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिका भिड्दै छन्। विश्वकपमा पहिलो पटक यी टोलीको भेट भएको हो।
समूहमा इङ्ल्याण्डसँग बराबरी खेलेको अमेरिका उच्च मनोबलमा छ। नेदरल्याण्ड्स पनि अपराजित छ।
समूह चरणमा २ खेलमा जित हात पारेको थियो नेदरल्याण्ड्सले एक खेल बराबरी खेलेको थियो। पहिलो खेलमा सेनेगललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा इक्वेडरसँग पराबरी र अन्तिम खेलमान कतारलाई पराजित गर्दै नकआउटमा अमेरिकासँगको भेट पक्का गरेको हो।
समूह बी मा रहेको अमेरिकाले वेल्स र इङ्ल्याण्डसँग बराबरी खेलेको थियो। इरानलाई पराजित गर्दा अमेरिकाले अन्तिम १६ मा स्थान पाएको हो।
यसअघिका ५ खेलमा नेदरल्याण्ड्स अमेरिकामाथि हाबी छ। तर पछिल्लो भेटमा भने अमेरिकाले बाजी मारेको थियो। ती सबै मैत्रीपूर्ण खेल हुन्। १९९८ र २००२ मा नेदरल्याण्ड्सले २–० नतिजा आफ्नो पक्षमा पारहेको थियो।
२००४ मा १–० को जित हात पारेको नेदरल्याण्ड्स २०१० मा पनि २–१ ले विजयी भएको थियो। तर २०१७ मा भने अमेरिकाले ४–३ ले खेल जितेको थियो।
यो खेल जित्ने टोलीले क्वार्टरफाइनलमा आजै राति हुने अर्जेन्टिना र अष्ट्रेलियाको विजेतासँग भिड्नेछ।
प्रतिक्रिया