ad ad

खेल


नकआउट चरणअघि ब्राजिललाई धक्का : दुई खेलाडी विश्वकपबाट बाहिरिए

नकआउट चरणअघि ब्राजिललाई धक्का : दुई खेलाडी विश्वकपबाट बाहिरिए

नेपालखबर
मंसिर १७, २०७९ शनिबार २०:४१, काठमाडौँ

समूह चरणको अन्तिम खेलमा क्यानमरुनसँग पराजित भएको ब्राजिललाई अर्को धक्का लागेको छ।

ब्राजिलका दुई खेलाडीले चोटको कारण बाँकी खेल गुमाउने भएका हुन्। शुक्रबार भएको क्यामरुनसँगको खेलमा घाइते भएका गाब्रियल जेसस र एलेक्स टेलेसले बाँकी खेल गुमाउने भएका हुन्।

शुक्रबारको खेलमा दुवै टोलीले दायाँ घुँडामा चोटको सामना गरेका थिए। जसको जसको कारण उनीहरुको शनिबार बिहान एमआरआई स्क्यान गराइएको थियो। 

यद्यपि मेडिकल रिपोर्टले भने विश्वकपका बाँकी खेलमा उनीहरु सहभागी हुन ‘असम्भव’ रहेको देखाएको ब्राजिलको फुटबल संघले बताएको छ। उपाधिको दाबेदार मानिएको ब्राजिलले सोमबार अन्तिम १६ को खेलमा दक्षिण कोरियाको सामना गर्दै छ।

यस्तो अवस्थामा ब्राजिललाई गाब्रियल जेसस मेदानबाट बाहिर रहँदा वैकल्पिक फरवार्डको अभाव खड्किन सक्छ। उनलाई प्रशिक्षकले ब्राजिलका रिचार्डिसनको स्थानमा खेलाउने गरी वैकल्पिक खेलाडीको रुपमा कतार लगेका थिए। 

घाइते दुई खेलाडीहरु विश्वकपभर कतारमा नै रहनेछन् वा उपचारको लागि आफ्नै क्लबमा जानेछन् भन्नेचाहिँ खुलेको छैन। 

यसअघि पनि ब्राजिलका नेयमारले चोटको कारण समूह जीका अन्तिम दुई खेल गुमाएका थिए। त्यस्तै राइट ब्याक डानिलोले पनि चोटको कारण क्यामरुनको खेल गुमाएका थिए भने एलेक्स सान्ड्रो पनि स्विटजरल्याण्डको खेलमा घाइते भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .