खेल


क्रोयसियाको तेस्रो गोल, क्यानडा ३–१ ले पछि

क्रोयसियाको तेस्रो गोल, क्यानडा ३–१ ले पछि

नेपालखबर
मंसिर ११ , काठमाडौँ

क्यानडाविरुद्ध क्रोयसियाले ३–१ को अग्रता बनाएको छ। खेलको ७० औं मिनेटमा  एन्द्रेस क्रमारिकको दोस्रो गोलमा क्रोयसिया जितउन्मुख भएको हो। 

यसअघि खेलको सुरुमै पछि परेको क्रोयसियाले ८ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। दोस्रो मिनेटमा क्यानडाले गोल गरेपछि आक्रमक भएको क्रोयसियाले ३६ र ४४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो। 

मार्को लिभाजाले ४४ औं मिनेटमा क्रोयसियालाई अग्रता दिलाएका हुन्। त्यसअघि ३६ औं मिनेटमा एन्द्रेस क्रमारिकले बराबरी गोल गरेका थिए।
दोस्रो मिनेटमा अल्फन्सो डेभिसले अग्रता दिलाए पनि क्यानडा त्यसलाई जोगाउन असफल भयो। 

डेभिसको गोल जारी विश्वकपमा सबैभन्दा छिटो गोल भएको हो। ६७ सेकेण्डमा डेभिसले गोल गरेका थिए। आजको खेल जित्नै पर्ने दबाबमा क्यानडा छ। यो खेल हारे उसको विश्वकप सपना टुंगिने छ। 

पहिलो खेलमा क्यानडा बेल्जियमसँग पराजित भएको थियो। क्रोयसिया मोरक्कोसँग बराबरी खेलेको थियो। मोरक्कोले यसअघिको खेलमा बेल्जियमलाई पराजित गर्दै ४ अंक जोडेको छ। बेल्जियमको ३ अंक र क्रोयसियाको १ अंक छ। यो खेल जिते क्यानडाको खातामा ३ अंक हुनेछ। 

 

मंसिर ११, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.