ad ad

खेल


लेवान्डोस्की चम्किँदा साउदी स्तब्ध, पोल्याण्डको अघिल्लो चरण बलियो

लेवान्डोस्की चम्किँदा साउदी स्तब्ध, पोल्याण्डको अघिल्लो चरण बलियो

नेपालखबर
मंसिर १०, २०७९ शनिबार २०:४७, काठमाडौँ

पिट्रो जेलिस्की र लेवान्डोस्कीको गोलमा पोल्याण्डले साउदी अरेबियालाई स्तब्ध बनाएको छ। पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर उच्च मनोबलमा रहेको साउदीलाई पोल्याण्डले निरास बनायो। 

एजुकेशन सिटी स्टेडियममा पोल्याण्डले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो। ८२ औं मिनेटमा कप्तान लेवान्डोस्कीले अग्रता दोब्बर पारे। 

त्यसअघि जेलिस्कीले गरेको गोलमा लेवान्डोस्कीले नै पास मिलाएका थिए।खेलको ४४ औँ मिनेटमा लेवान्डोस्कीले खराब ट्याकल गरेपछि रेफ्रिले भिएआरको सहायतमा साउदीलाई पेनाल्टी दिएका थिए। 

साउदीका लागि सलेम अल्दवसारीले पेनाल्टीमा चुकेपछि साउदीले खेलमा फर्किने मौका गुमाएको थियो। सलेमको पेनाल्टी प्रहार पोल्याण्डका गोलरक्षक वजसिएक सेचेज्नीले बचाए। त्यसकै रिबाउण्ड्समा मोहम्मद अल बुराइकको प्रहार पोष्टको माथिबाट आकासियो। 

साउदीले पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबर खेलेको थियो। 

साउदीमाथिको जितसँगै पोल्याण्डको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ। पोल्याण्डको ४ अंक छ। ३ अंक भएको साउदी दोस्रो स्थानमा छ। मेक्सीको १ अंक हुँदा अर्जेन्टिना अंकबिहिन छ।

आजै हुने समुह चरणको अर्को खेलमा अर्जेन्टिना र मेक्सीको खेल्नेछन्। यो खेल अर्जेन्टिनाले जितेमा सबै टोलीका लागि नकआउट चरणको सम्भावना कायम रहनेछ। अर्जेन्टिना पराजित भए एक खेल अघि नै उसको विश्वकपको अघिल्लो चरणको संभावना सकिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .