नेदरल्याण्ड्सविरुद्ध पछि पहिलो हाफमा पछि परेको इक्वेडरले गोल फर्काएको छ। दोस्रो हाफको सुरुमै गोल गर्दै इक्वेडर खेलमा फर्किएको हो।
फिफा विश्वकपमा नेदरल्याण्डस्विरुद्ध खेलको ४९ औँ मिनेटमा क्वेडरले बराबरी गोल फर्काएको हो।
खेलको ४६ औँ मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई बराबरीमा ल्याएका हुन्। भ्यालेन्सियाले आयोजक कतारविरुद्ध २ गोल गरेका थिए।
त्यसअघि खेलको पाँचौ मिनेटमा नै कोडी गाक्पोको गोलमा नेदरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो।
84
Shares
प्रतिक्रिया