ad ad

खेल


बेल्जियमको कठिन जित, पेनाल्टीमा चुक्दा क्यानडाले अंक गुमायो

बेल्जियमको कठिन जित, पेनाल्टीमा चुक्दा क्यानडाले अंक गुमायो

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २:४२, काठमाडौँ

मिची ब्याटसस्वीको निर्णायक गोलमा क्यानडालाई हराउँदै बेल्जियमले कतार विश्वकपमा विजयी सुरुवात गरेको छ। 

अहमद बिन अली स्टेडियममा बेल्जियमले क्यानडामाथि १–० को कठिन जित निकालेको हो।

खेलको ११ औँ मिनेटमा क्यानडाले पेनाल्टिको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा बेल्जियमविरुद्ध अग्रता बनाउने सुन्दर मौका गुमायो। 

बेल्जियमका खेलाडीले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रिले भिएआरको सहायतामा क्यानडालाई पेनाल्टिको अवसर दिएका थिए। तर जोनाथन डेविटले पेनाल्टीको सदुपयोग गर्न सकेनन्। बेल्जियमका गोल रक्षक थिवाउट कोर्टोवाउले पन्च गर्दै जोगाएका थिए। फर्किएको बलमा पनि क्यानेडियन खेलाडीले पोष्टमा प्रहार गर्न सकेनन्।

खेलको ४४ औँ मिनेटमा मिची ब्याटसस्वीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा गोल गर्न सक्दा १–० को जित दर्ता गरेको हो। 

खेलको दोस्रो हाफमा क्यानडाले केही राम्रा अवसर सृजना गरेपनि गोल गर्न नसक्दा बेल्जियमलाई ३ अंक सुम्पेको हो।

समूहकै पहिलो खेलमा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .