राजनीति


प्रदेशसभा समानुपातिक मत : मधेशमा कांग्रेस पहिलो, अन्य प्रदेशमा कुन दल अगाडि?

प्रदेशसभा समानुपातिक मत : मधेशमा कांग्रेस पहिलो, अन्य प्रदेशमा कुन दल अगाडि?

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २:३०, काठमाडौँ

प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ। निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार  प्रदेश नं.१ मा नेकपा (एमाले)ले  ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ। 

त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ। नेकपा (माओवादी केन्द्र) ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ। 

मधेश प्रदेशमा कांग्रेस अगाडि  

मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ। कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ। एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र (माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ।

अन्य प्रदेशमा कुन दल अगाडि?

बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ। उसले ६२ हजार सात सय ५७ मत ल्याएको छ। कांग्रेसले ६१ हजार पाँच सय ७३ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ। राप्रपाले ३९ हजार ५६ र माओवादीले ३० हजार चार सय १६ मत पाएको छ। बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले २७ हजार आठ सय ४२ मत प्राप्त गरेको आयोगले जनाएको छ। 

गण्डकी प्रदेशमा एमालेले ९१ हजार ३७१, कांग्रेसले ७३ हजार ८५०, (माओवादी केन्द्र) ले ३३ हजार तीन सय ६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ६५ र नेकपा (एकीकृत समाजवादी) ले छ हजार आठ सय २० मत ल्याएको छ।   

लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ। 

कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ। माओवादीले एक लाख ३० हजार ५६ मत पाएको छ। एमालेले पाँच हजार नौ सय १४ मत पाएको छ भने कांग्रेसले चार हजार दुई सय २५ मत ल्याएएको छ। त्यसैगरी ९एकीकृत समाजवादी० ले एक हजार एक सय १२ मत पाएको छ। राप्रपाले सात सय ८१ मत पाएको छ। सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने  आयोगले अद्यावधिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .