ad ad

खेल


विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाबीच पहिलो हाफ गोलरहित

विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाबीच पहिलो हाफ गोलरहित

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:३५, काठमाडौँ

विश्वकप फुटबलमा समूह 'डी'का डेनमार्क र ट्युनिसियाबीच पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ।

कतारको अल रयानस्थित एजुकेसन सिटी स्टेडियममा ६ः४५ बाट खेल सुरु भएको हो।

सुखद सुरुवातको लक्ष्यमा रहेका दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्। 

पहिलो खेल जित्दै दुवै टोली विश्वकपको अन्तिम १६ को सम्भावना बलियो बनाउन चाहन्छन्।

डेनमार्क २०१८ को विश्वकपमा पनि अन्तिम १६ मा पुगेको थियो। ट्युनिसिया भने समूह चरण पार गर्न सकेको छैन। 

विश्वकपमा १५ खेल खेलेको ट्युनिसियाले २ खेल मात्रै जितेको छ। यसअघि यी टोली २००२ मा भिडेका थिए।

त्यतिबेला डेनमार्क २–१ ले विजयी भएको थियो। समूह डी मा फ्रान्स र अष्ट्रेलिया पनि छन्। यी टोलीको भिडन्त राति १२ : ४५ बजे हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .