ad ad

खेल


अर्जेन्टिनाको अपराजित यात्रा साउदीले टुंग्यायो, कीर्तिमानबाट पनि चुक्यो

अर्जेन्टिनाको अपराजित यात्रा साउदीले टुंग्यायो, कीर्तिमानबाट पनि चुक्यो

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १७:५२, काठमाडौँ

साउदी अरेबियासँग पराजित भएसँगै अर्जेन्टिना ऐतिहासिक कीर्तिमानबाट चुकेको छ। 

अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा मंगलबार साउदीले ब्रेक लगाइदिएको हो। 

साउदीसँग नहारेको भए अर्जेन्टिनाले ३७ खेल लामा अपराजित यात्रा इटलीसँग साझेदार गर्ने थियो। यसअघि सबैभन्दा लामो अपराजित यात्रा इटलीको नाममा छ। 

समूह डीमा तुलनात्मक रुपमा कमजोर मानिएको साउदीले पुनरागमन जित दर्ता गरेको हो।

अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 

पहिलो हाफ १–० को अग्रतामा सकिए पनि दोस्रो हाफमा साउदीले आक्रामक खेल खेल्यो। साउदीका लागि खेलको ४८ औं मिनेटमा सलेह अलसेहरीको गोलमा बराबरी गरेको साउदीका लागि ५३औँ मिनेटमा सलिम अल दावसरीले गोल गर्दै महत्वपूर्ण जित दिलाए। 

सधैँ साउदीमाथि हाबी हुँदै आएको अर्जेन्टिनाले पहिलो पटक हार व्यहोरेको हो। 

हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण यात्रामा धक्का लागेको छ। अब मेक्सीको र पोल्याण्डसँग खेल्न बाँकी छ। अघिल्लो चरणका लागि अर्जेन्टिनालाई यी खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .