ad ad

खेल


२० वर्षपछि एसियामा विश्वकप उत्सव, कतारमा भव्य उद्घाटन

२० वर्षपछि एसियामा विश्वकप उत्सव, कतारमा भव्य उद्घाटन

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २०:२५, काठमाडौँ

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप २०२२ को आइतबार भव्य उद्घाटन गरिएको छ। 

अल बायत स्टेडियममा भव्य उद्घाटन भएसँगै एसियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ सुरु भएको हो। 

यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। 

यसअघि जुन–जुलाइमा विश्वकप आयोजना हुँदै आए पनि कतारको तातो मौसमका कारण पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना गरिएको हो। 

उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ।  

विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो। विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ। 

अल बायत स्टेडियममा उद्घाटनपछि समूह चरणका ६ खेल, अन्तिम १६ को एक खेल, क्वार्टरफाइनल र सेमिफाइनलका एक–एक खेल हुनेछन्।

 

समूह चरणको नेदरल्याण्ड, कतार, जर्मनी र स्पेन, इङल्याण्ड र अमेरिका, कोष्टारिका र जर्मनीको खेल यही रंगशालामा हुनेछ। 

यो स्टेडियमको नाम कतार र त्यहाँका नागरिकको इतिहाससँग जोडिएको छ। टेन्टजस्तो डिजाइनमा बनाइएको स्टेडियममा ६० हजार दर्शक अट्ने क्षमता छ। 

विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले केहीबेरमा इक्वेडरको सामना गर्नेछ। 

विश्वकपको उद्घाटनमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानिय कलाकारले प्रस्तुती दिनेछन्। 

उनीहरुसँगै अमेरिकन गायक लिल बेबीले पनि आफ्नो प्रस्तुति दिनेछन्। बेबीले विश्वकप २०२२ को एन्थम गीत द वर्ल्ड इज योर्स टु टेक गाएका थिए। जुन यो अफिसियल गीतमा मनाल र रहमासँगै फतेही पनि देखिएका छन्। 

३२ टोली सहभागी विश्वकपका ८ समुहका शीर्ष २ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। ३२ टोली सहभागी भएको विश्वकप यो अन्तिम हो।

सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा गर्ने विश्वकपमा ४८ टोलीले स्पर्धा गर्नेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .