ad ad

खेल


अर्जेन्टिनालाई चोटकै चिन्ता, २ स्टारले विश्वकप गुमाउने

अर्जेन्टिनालाई चोटकै चिन्ता, २ स्टारले विश्वकप गुमाउने

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १०:३३, काठमाडौँ

विश्वकप सुरु हुन २ दिन बाँकी हुँदा अर्जेन्टिनालाई भने खेलडाीको चोटले सताएको छ। विश्वकप फुटबल खेल्न कतार पुगेका दुई स्टार चोहटका कारण टोली छाडेका छन्। 

प्रशिक्षक लियोनल स्कालोनीले निकोलास गोन्जालेज र टुकु कोरेयाले विश्वकप गुमाउने निश्चित गरेका हुन्। दुवै स्टार इटालियन सिरि ए मा खेल्छन्। कोरेया इन्टरमिलान र गोन्जालेज फ्लोरेन्टिनाबाट खेल्छन्। 

विश्वकपको टोलीमा पुगेका उनीहरुले अन्तितम समयमा चोडका कारण टोली छाड्नु परेको हो। उनीहरुको स्थानमा स्कालोनीले अन्यलाई बोलाएका छन्।

एथ्लेटिको मड्रिडका फरवार्ड एन्जल कोरेया र एटलान्टाका मिडफिल्डर थिएगो अलमाडालाई टोलीमा बोलाइएको छ। एन्जलले एथ्लेटिकोमा यो सिजन १४ खेलमा ३ गोल गरेका छन्। यो सिजन उनले टोलीमा कमै मौका पाएका छन्। यसअघि चोटका कारण उनलाई कतार लगिएको थिएन।  

थिएगोले यो वर्ष २९ खेलबाट ६ गोल र ७ गोलमा असिस्ट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .