नेपालमा पहिलोपटक हुन लागेको कविताको रियालिटी शो ‘द पोयट आइडल’का लागि ६४ कवि छानिएका छन्। १५ सयभन्दा बढी कविले डिजिटल अडिनस दिएका थिए। त्यसबाट छानिएका १ सय ६४ कविबाट अन्तिम प्रतिस्पर्धाका लागि छानिएका हुन्।
प्रतिस्पर्धा उत्कृष्ट १४ मा पुगेपछि शोबाट क्रमशः एक/एक जना कवि बाहिरिँदै जाने छन्। प्रतियोगीतामा छानिएका ६४ कविले पनि बनोटको दुई चरण पार गरिसकेका शोका निर्णायक विप्लव प्रतीकले बताएका छन्।
‘द पोयट आइडल’ प्रसारणको अन्तिम तयारीमा रहेको शोका निर्देशक अमनप्रताप अधिकारीले बताए। आउँदो पुस ७ गते ‘द पोयट आइडल’को प्रसारण सुरु हुने छ। ‘द पोयट आइडल’को निर्णायकको कुर्सीमा कवि विप्लव प्रतिकका साथमा नाट्यकर्मी अनुप बराल, कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री सुरक्षा पन्त देखिने छन्। ्
निर्णायकको नाम घोषणा भएसँगै विरोध पनि भएको थियो। विशेष गरेर सुरक्षा पन्तलाई ‘द पोयट आइडल’मा शो–पिसका रुपमा प्रस्तुत गरिएको, राम्रा कविहरुको अवमूल्यन गरिएको भन्दै आलोचना भएको हो।
‘द पोयट आइडल’को उपाधि विजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछन्।
Shares
प्रतिक्रिया