विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्याण्ड्सलाई कारबाही प्रक्रिया अघि बढाएको छ।
शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलमा खेलाडीले आक्रोशितपछि फिफाको अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको हो।
खेलमा अर्जेन्टिनाले २–० ले अग्रता लिएपनि डच टोलीले इन्ज्युरी समयको अन्तिम मिनेटमा रोमाञ्चक बराबरी गोल फर्काएको थियो।
सो खेलमा स्पेनिस रेफ्रि एन्टोनियो माटेउ लाहोजले १८ वटा पहेँलो कार्ड देखाएका थिए।
जारी विश्वकपमा सर्वाधिक पहेँलो कार्ड प्रयोग यही खेलमा भएको थियो। खेलको अतिरिक्त समयमा डच टोली १० खेलाडीमा सिमित बनेको थियो।
फिफाको अनुशासन समितिले अर्जेन्टिनालाई आर्टिकल १२ को आंशिक उल्लंघन (खेलाडी र अफिसियल माथि दुर्व्यवहार) र १६ को (मर्यादा र सुरक्षा) उल्ल्घन अनुसार कारवाही गर्नेछ।
यस्तै फिफाको अनुशासन समितिले सोही खेलमा अनुशासन संहिताको धारा १२ को सम्भावित उल्लंघनको कारणले नेदरल्याण्ड्स फुटबल संघलाई पनि कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
Shares
प्रतिक्रिया