फिफा विश्वकपअन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डविरुद्ध १–० को अग्रता लिएको छ।
फ्रान्सका लागि खेलको १७ औं मिनेटमा औरेलियन चोउआमेनीले गोल गरे।
अघिल्लो पटक क्रोएसियासँग पराजित हुँदै बाहिरिएको इङ्ल्याण्ड यसपटक साविक विजेतालाई पन्छाउँदै अगाडि बढ्ने लक्ष्यमा छ।
जारी विश्वकपमा दुवै टोलीले उच्च प्रदर्शन गरेका छन्। इङ्ल्याण्ड अपराजित छ भने, फ्रान्स मुख्य खेलाडीलाई विश्राम दिँदा समूहको अन्तिम खेलमा ट्युनिसियासँग पराजित भएको थियो।
159
Shares
प्रतिक्रिया