ad ad

खेल


इतिहासकै पहिलो अस्थायी रंगशाला, जहाँ हुने अन्तिम खेलमा भिड्दै छन् ब्राजिल र कोरिया

इतिहासकै पहिलो अस्थायी रंगशाला, जहाँ हुने अन्तिम खेलमा भिड्दै छन् ब्राजिल र कोरिया

नेपालखबर
मंसिर १९, २०७९ सोमबार २१:४४, काठमाडौँ

कतारले विश्व फुटबल इतिहासमै बनाएको पहिलो अस्थायी रंगशाला हो– स्टेडियम  ९७४। यो स्टेडियम विश्वकप सकिएपछि रहनेछैन। 

अन्तिम खेलसँगै विश्वकपसँगै यसलाई हटाइनेछ। यसका शिपिङ कन्टेनरहरु, सिट र अन्य पूर्वाधार सबै हटाइनेछ। ती सबै स्टेडियम नभएका देशलाई सहयोगस्वरुप हस्तान्तरण गरिनेछ। यसको लागि कतारले आयोजनाको प्रस्ताव गर्दा नै प्रतिबद्धता जनाएको थियो। 

यो रंगशालामा जारी विश्वकपका ६ खेल भएका छन्। सोमबार मध्यराति यो रंगशालामा ब्राजिल दक्षिण कोरियाबीच खेल हुँदै छ। विश्वकपमा यो रंगशालामा खेलिने अन्तिम खेल हो। 

यो यस्तो रंगशाला हो जसलाई पछि पूर्णरुपले हटाउन सकिन्छ। यसलाई पूर्णरुपमा अलग्याएर फेरि अर्को ठाउँमा बनाउन सकिन्छ। त्यस्तै यसको अर्को विशेषता नाम पनि हो। अंक नै नाम भएकाले यो अरुभन्दा भिन्न छ। ९७४ त्यस्तो नाम हो जुन आयोजक कतारसँग जोडिएको छ। यो कतारको अन्तर्राष्ट्रिय डायलिङ कोड हो। यो नम्बरले अर्को विशेषता पनि झल्काउँछ। त्यो भनेको यो स्टेडियम बनाउन प्रयोग गरिएको कन्टेनरहरुको संख्या हो। 

कसरी तयार भयो यो रंगशाला? 
इन्जिनियरिङको भाषामा भन्नुपर्दा यो रंगशाला बनाउन ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरिएका छन्। यसका नाम र डिजाइन सांकेतिक छन्। त्यसबाहेक पूर्णरुपले हटाउन सकिने विशेषतायुक्त छ। जसलाई वातावरणमैत्री र दिगो मानिएको छ। स्टेडियम डिजाइनको हिसाबले पनि यसलाई कोशेढुंगा मानिएको छ। यसले कतारको नवप्रवर्तन क्षमतालाई संकेत गरेको छ। 

अरेबियन खाडीको किनारादेखि दोहास्थित पश्चिम बंगालमा उभिएका गगनचुम्बी भवनको श्वास अड्याउने दृश्य यसबाट देख्न सकिन्छ। मेट्रो, दोहा मेट्रो गोल्ड लाइनबाट सहजै पुग्न सकिने यो केवल ८ सय मिटरमात्र टाढा छ। यसबाहेक कार र विश्वकपका शटलबसबाट पनि सहजै यहाँ पुग्न सकिन्छ। 

कति दर्शक अट्छन्? 
यो रंगशालाको क्षमता ४० हजार छ। यसमा दर्शकलाई सहजै बाहिरिनसक्ने गरी डिजाइन गरिएको छ। यसभित्र युनिक रंगरोगन गरिएका छन् भने धेरै टोलीका रंगले सजिएका छन्। 

पछिल्ला प्रविधि, फिक्स्ड प्लेटफर्म 
स्टेडियमको डिजाइनमात्रै नयाँ छैन, यसभित्र नवीनतम प्रविधि पनि जडान गरिएको छ। फोटो खिच्नदेखि प्रत्यक्ष प्रसारण गर्नेसम्मको लागि नवीनतम प्रविधि र निश्चित प्लेटफर्मको व्यवस्था गरिएको छ। 

यो स्टेडियमलाई ग्लोबल सस्टेनेबिलिटी असेसमेन्ट सिस्टम (जीएसएएस)ले दिगोपनाको प्रमाणपत्र दिएको छ। डिजाइन र निर्माणमा फाइभस्टार रेटिङ पाएको यो रंगशालाले निर्माण व्यवस्थापनमा क्याटेगोरी अफ एक्सिलेन्सी पाएको छ। जुन गल्फ अर्गनाइजेसन फर रिसर्च एन्ड डेभलपमेन्टले दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .