विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को खेलमा इंग्ल्याण्डले सेनेगलविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ।
खेलको ३९ औं मिनेटमा इंग्ल्याण्डका जोर्डन हेन्डर्सनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका हुन्। पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
यो खेलको विजेताले क्वार्टरफाइनलको खेलमा फ्रान्सको सामना गर्नेछ।
48
Shares
प्रतिक्रिया