फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियाले अर्जेन्टिनाविरुद्ध एक गोल फर्काएको छ। खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पाएको हो। यससँगै खेल २–१ को अवस्थामा आइपुगेको छ।
यसअघि खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।
कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित हात पार्दै क्वार्टरफाइनलमा पुग्ने दाउमा अर्जेन्टिना छ भने अष्ट्रेलिया ऐतिहासिक जित हात पार्न चाहन्छ।
अर्जेन्टिना समूह सीको विजेता टोली हो भने अष्ट्रेलिया समूह डीको उपविजेता हुँदै विश्वकपको अन्तिम १६ मा पुगेको हो।
69
Shares
प्रतिक्रिया