फिफा विश्वकपअन्तर्गत समूह एचको खेलमा दक्षिण कोरियाविरुद्ध पोर्चुगलले सुरुवाती अग्रता लिएको छ। खेलको पाँचौं मिनेटमा नै पोर्चुगलका रिचार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन्।
यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको पोर्चुगल शत प्रतिशत जितका साथ माथिल्लो चरणमा जान चाहन्छ भने दक्षिण कोरियालाई माथिल्लो चरणमा प्रवेशको लागि आजको खेल जित्नैपर्ने बाध्यता छ।
आफ्नो खेलमा जित हात पारे पनि कोरियाले माथिल्लो चरणमा प्रवेशको लागि उरुग्वे र घानाको खेलमा निर्भर रहनुपर्नेछ।
मंसिर १६, २०७९, शुक्रबार
प्रतिक्रिया