ad ad

राजनीति


वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २१:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन्। 

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे फ्लाई दुबइको उडानबाट चीन उडेका हुन्। 

उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ। चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल–चीन सिधा हवाई उडान नहॅुदा पुन दुबई, ग्वान्झाओ हॅुदै चीनको सेन्जेन जानेछन्।

पुनका साथ उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती पनि चीन गएकी छन्। नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ। एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो। 

चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्याधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएका थिए। ४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौं आएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .