ad ad

खेल


अर्जेन्टिनाले अघिल्लो विश्वकपमा जस्तै संकट टार्ला?

अर्जेन्टिनाले अघिल्लो विश्वकपमा जस्तै संकट टार्ला?

नेपालखबर
मंसिर १४, २०७९ बुधबार २३:५९, काठमाडौँ

विश्वकप फुटबलमा अर्जेन्टिना लगातार दोस्रो पटक समूह चरणमै संकटमा परेको छ।

यो उसको लगातार दोस्रो संकट हो। २०१८ को विश्वकपमा पनि अन्तिम खेल अघि अर्जेन्टिनासँग १ अंक मात्रै थियो। त्यो तुलनामा यस पटक कम संकटमा छ लियोनल मेस्सीको टिम। तर जित्नै पर्ने दबाब छ। समूहका सबै टोलिको अघिल्लो चरण प्रवेशको सम्भाबना भए पनि अर्जेन्टिनी समर्थक उसको पहिलो खेलबाट झस्किएका छन्।

उसले साउदी अरेबियासँग अग्रता जोगाउन नसक्दा ऐतिहासिक हार व्यहोर्यो। अपराजित यात्राको कीर्तिमान नजिक पुगेर पनि कमजोर ठानेको टोलीसँग चुक्यो। त्यो नतिजाले धेरैलाई उपाधिको दाबेदार मान्न नसकिने टिप्पणी गरे। दोस्रो खेलमा भने सुधार गर्यो र अघिल्लो चरणको सम्भावना बलियो बनायो। अब उसलाई जिते पुग्छ।

यसअघि २०१८ को विश्वकपमा पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोयसियासँग पराजित भएको थियो। अन्तिम खेलमा आफूले जितेर पनि नहुने अवस्था थियो। आइसल्याण्डले क्रोयसियालाई पराजित गरेको अवस्थामा पनि अर्जेन्टिनाको अन्तिम १६ कठिन थियो।  तर अर्जेन्टिनाको पक्षमा अर्को खेलको पनि नतिजा आयो। क्रोयसियाले आइसल्याण्डलाई पराजित गर्यो।

अर्जेन्टिनाले पनि नाइजेरियालाई पराजित गर्यो। जसले अर्जेन्टिनाको अघिल्लो चरणको ढोका खुलेको थियो। उपविजेताका रुपमा अन्तिम १६ मा पुगे पनि फ्रान्सले उसको यात्रा टुंग्याइदियो। अन्तिम १६ मा ४–३ ले पाराजित हुँदा मेस्सीको विश्वकप सपनामा धक्का लागेको थियो। 

यसपटक पनि उही अवस्थामा छ अर्जेन्टिना। साउदीले मेक्सीकोलाई हराए अर्जेन्टिना पोल्याण्डसँग बराबर खेले पनि बाहिरिन्छ। तर जिते समूह विजेता बन्नेछ। पराजित भए यहिँ टुंगिने निश्चित छ। लियोनल मेस्सीको टिमले गएको विश्वकपमा जस्तै अन्तिम खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .