फिफा विश्वकपको अन्तिम १६ मा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएको छ।
समूह एको विजेताको हैसियतमा माथिल्लो चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले समूह बीको उविजेताको रुपमा माथिल्लो चरणमा पुगेको अमेरिकासँग खेल्न लागेको हो।
समूह चरणको खेलमा नेदरल्यान्ड्सले दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा हात पारेको थियो भने अमेरिकाले दुई खेलमा बराबरी र एक खेलमा जित हात पारेको हो।
सन् २००२ को विश्वकपमा क्वार्टरफानलसम्म पुग्नु अमेरिकाको सबैभन्दा ठूलो उपलब्धि हो।
यसअघिको विश्वकपमा अमेरिका छनोटसम्म पनि भएन। नेदरल्यान्ड्स भने तीनपटक विश्वकपको फाइनलमा पुगेको छ।
यद्यपि उसले उपाधि भन जित्न सकेको छैन। यद्यपि यो टोली यसअघिको विश्वकपमा भने छनोट भएको थिएन।
मंसिर १४, २०७९, बुधबार
54
Shares
प्रतिक्रिया