मैत्रीपूर्ण खेलमा चोट बोकेका अल हिलालका मिडफिल्डर सलमान अल–फराजलाई टोलीमा राख्दै साउदी अरेबियाका मुख्य प्रशिक्षक हर्भ रेनार्डले विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेका छन्।
राष्ट्रिय टोलीका कप्तान अल–फराजले आइसल्याण्डसँगको खेलमा चोट बोकेका थिए। यद्यपि उनी विश्वकपसम्म ठीक हुने प्रशिक्षक रेनार्डले बताएका छन्।
उनले भने, ‘जब उनी मैदानमा लडे हामी पनि डराएका थियौँ, उनको काँधमा केही चोट छ तर केही दिनमा ठीक हुनेछन्।’
समूह ‘सी’मा रहेको साउदी अरेबियाले बलियो टोली अर्जेन्टिना, मेक्सीको र पोल्याण्डसँग खेल्नेछ।
साउदी अरेबियाको टोली
गोलकिपर : मोहम्मद अल–ओवैस, नवाफ अल–अकिदी, मोहम्मद अल–यामी
डिफेन्डर : यासेर अल–शहरानी, अली अल–बुलैही, अब्दुल्लाह अल–अम्री, अब्दुल्लाह मदु, हसन ताम्बक्ति, सुल्तान अल–घनम, मोहम्मद अल–ब्रेक, साउद अब्दुलहामिद
मिडफिल्डर : सलमान अल–फराज, रियाद शाराहिली, अली अल–हसन, मोहम्मद कन्नो, अब्दुलाह अल–मल्की, सामी अल–नजेई, अब्दुल्ला ओतायफ–अल, नासेर अल–दौसारी, अब्दुलरहमान अल–अबौद, सलेम अल, हत्तन बाहेब्री
फरवार्ड : फहाद अल–मुवाल्लाद, हैथम असिरी, सालेह अल–शेहरी, फिरास अल–बुराइकन
प्रतिक्रिया