मंसिर ४ देखि सुरु हुने विश्वकपका लागि सेनेगलले आफ्नो टोली घोषणा गरेको छ।
सेनेगलले विश्वकपको संघारमै घाइते भएका सादियो मानेलाई समेत समावेश गरी टोली घोषणा गरेको हो।
सेनेगलका प्रशिक्षक अलियु सिसेले २६ सदस्यीय टोली घोषणा गरेका हुन्। उनले घाइते मानेका लागि ठूलो निर्णय लिएका छन्।
फिफा वरीयतामा १८औँ स्थानमा रहेको सेनेगलको टोलीमा को–को छन् त?
यी हुन् २६ सदस्यीय टोली
गोलरक्षक : इडुवार्ड मेन्डी, अल्फ्रेड गोमिस, सेनी डाइङ
मिडफिल्ड : गाना गुये, चेइखोउ कौयाते, नेम्पालिज मेन्डी, क्रेपिन डियाटा, पेप गुये, पेप माटार सार, पाथी सिस, मुस्ताफा नेम, लाउम डियाये
डिफेन्डर : कालिडाउ काउलिबेली, अब्दाउ साबाली, फोड बालो टाउरे, पेप अबाउ सिसे, इस्माइल ज्याकोब्स र फर्मोस मेन्डी
फरवार्ड : सादियो माने, इस्माइला सार, बौलाये डिया, बाम्बा डाइङ, फामारा डाइधियाउ, निकोलास ज्याक्सन, इलिम्यान डियाये
प्रतिक्रिया