ad ad

खेल


कस्तो छ कतार विश्वकपको फाइनल हुने स्टेडियम?

कस्तो छ कतार विश्वकपको फाइनल हुने स्टेडियम?

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १३:२४, काठमाडौँ

कतार विश्वकप आउन केवल तीन साता मात्रै बाँकी छ।

मंसिर ४ नजिकिँदै गर्दा विश्वकपका लागि टोली घोषणा गर्ने तयारी पनि सुरु भएको छ। 

उता आयोजक कतारले विश्वकपका लागि आफ्नो तयारी पूरा भइसकेको जनाएको छ। 

कतारका विभिन्न ८ रंगशालामा विश्वकपमा सहभागी ३२ टोलीका ६४ खेल हुनेछन्।

त्यसमध्ये लुसाइल आइकोनिक स्टेडियममा विश्वकपको फाइनल हुनेछ। यही रंगशालामा ओपनिङ र क्लोजिङ सेरेमोनी पनि हुनेछ।

यो कतार विश्वकपको सबैभन्दा धेरै दर्शक क्षमताको स्टेडियम हो। यसमा ८० हजार दर्शक अटाउन सक्छन्।

यो सबैभन्दा व्यस्त स्टेडियम पनि रहनेछ। यो स्टेडियममा विश्वकपमा १० खेल हुनेछन्। 

कतारका अनुसार फाइनल खेल हुने लुसाइल आइकोनिक स्टेडियम प्रकाश र छायाको संयोजन मिलाएर डिजाइन गरिएको छ।

यो स्टेडियम अरेबिक समुदायको पनि प्रतिनिधित्व हुने गरी डिजाइन गरिएको छ।

जसमा उक्त क्षेत्रको भाँडा, कचौरा र कलाकृतिको झल्को दिने किसिमको डिजाइन समावेश छ। 

यो स्टेडियम कतारको राजधानी सहर दोहाबाट १५ किलोमिटरको दुरीमा छ।

वातावरणमैत्री र आधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको यो स्टेडियम विश्वकपपछि अर्कै प्रयोजनमा प्रयोग गरिनेछ।

जसमा विद्यालय, पसल, खेल केन्द्र र स्वास्थ्य क्लिनिक निर्माण गरिनेछ।

स्टेडियमका ८० हजार सिट पनि हटाएर विभिन्न खेलसँग सम्बन्धित प्रोजेक्टलाई अनुदान दिइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .