ad ad

खेल


सुरुवाती धक्कापछि सम्हालिँदै नेपाल (तस्बिरहरू)

सुरुवाती धक्कापछि सम्हालिँदै नेपाल (तस्बिरहरू)

नेपाली ब्याटर आशिफ शेखतर्फ इशारा गर्दै रोहन मुस्ताफा। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
बैशाख १९, २०८० मंगलबार ११:६, काठमाडौँ

एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएईले दिएको सामान्य चुनौतीलाई अहिले नेपालले पछ्याइरहेको छ।

यूएईले कीर्तपुर मैदानमा दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा १९ ओभर खेल्दै ३ विकेटको क्षतिमा ६६ रन बनाइसकेको छ।

ओपनरहरु ओपनर कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेनन्।

चौथो क्रममा आएका उनी पनि १ रनमै आउट भएपछि अहिले गुलशन झा र भीम सार्कीले नेपाली पारी सम्हालिरहेका छन्। 

ताजा अवस्थामा गुलशनले ५३ बलमा ४५ रन बनाइसकेका छन् उनी अर्धशतक नजिक छन्। त्यस्तै उनलाई साथ दिइरहेका भीम सार्कीले ३३ बलमा ७ रन बनाएर खेलिरहेका छन्। 

भीम र गुलशनको जोडी जमिरहँदा नेपालले सामान्य लक्ष्य भेट्टाउने सम्भावना बढाउँदै लगेको छ। 

यसअघि सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो। 

सोमबार २७.३ ओभरमा यूएई ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि लगातार वर्षाका कारण खेल हुन नसकेपछि आजका लागि सारिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .