ad ad

खेल


ब्याटरहरू फ्लप भएपछि नेपालको इनिङ उकास्दै सन्दीप (तस्बिरहरू)

ब्याटरहरू फ्लप भएपछि नेपालको इनिङ उकास्दै सन्दीप (तस्बिरहरू)

कतारविरुद्ध ब्याटिङ गर्दै सन्दीप लामिछाने। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
बैशाख १४, २०८० बिहिबार ११:५२, काठमाडौँ

एसीसी प्रिमियर कपअन्तर्गत बिहीबार भइरहेको समूह चरणको अन्तिम खेलमा नेपालले खराब ब्याटिङ गरेको छ।

नेपाली ब्याटरहरु एकपछि अर्को फ्ल हुँदा अहिले इनिङ उकास्ने जिम्मा बलहरुको काँधमा आइपुगेको छ।

अहिले अन्तिमक्रमका सन्दीप लामिछाने र ललित राजवंशीले नेपालको इनिङ उकासिरहेका छन्। 

नवौँ र दशौँ नम्बरमा ब्याटिङका लागि आएका सन्दीप र ललितको साझेदारीमा नेपालले अहिले आफ्नो स्कोर १३५ रनमा पुर्‍याएको छ।

कुनै बेला नेपाल सय रनमा समेटिने अवस्थामा थियो। ब्याटरहरुको लज्जास्पद प्रदर्शनका कारण पतन हुन पुगेको नेपाली इनिङ विकेटमा टिकेर सन्दीप र ललितले उकास्दैछन्। 

सन्दीप अहिले २९ बलमा २१ रन खेल्दै क्रिजमा छन्। उनलाई ललितले ८ बलमा १ रन बनाएर साथ दिइरहेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .